पीडित महिलालाई राहत वितरण


पुस ८, दैलेख
दैलेखको आठबीस नगरपालिका–१ सात्तलाकी बलात्कार पीडित शरीरले अपाङ्ग ३८ वर्षीया एकल महिलालाई १० हजार रुपैंयाँ राहत वितरण गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय सुर्खेतको मानव अधिकार सहायता कोषबाट प्राप्त १० हजार रकम नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष अधिवक्ता माधवराज अधिकारी लगायतको रोहवरमा प्रदान गरिएको हो ।
२८ वर्षीय पुरुषबाट मंसिर १० गते राति घरमै बलात्कार भएको विषयमा कानूनी प्रक्रिया अघि बढेपछि आरोपित फरार भएका छन् ।
तीन सन्तानकी आमा ती महिलाका पतिको तीन वर्ष अघि निधन भएको थियो । शारीरिक रुपमा असक्त भएको कारण घरखर्च र बालबालिकाको पठाई लेखाई गर्न कठिनाई भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार